banner

यहि जुलाई महिना देखि नेपालभरिका अर्ध-सहरी, ग्रामिण क्षेत्रमा कार्यरत सञ्चारकर्मी तथा सामाजिक अभियानकर्ता का लागि ६  महिने चलचित्र, फोटोग्राफि तालिम हुने हुदा इच्छुकहरुले आवेदन पेश गर्न आहवान गर्दछौं।

विभिन्न चरण गरी तालिम ६ महिना सम्म सञ्चालन हुनेछ। तालिमको अन्त्यमा सहभागिलाई चलचित्र लगायत फोटोग्राफी को पेशागत प्रयोग सम्बन्धि पुर्ण जानकारी दिईनुका साथै स्व-नेतृत्वमा भिजुअल मिडिया प्रडक्सन गर्न दक्ष सीप दिईनेछ।

तालिम डकस्कुलले आयोजना गर्दैछ। डकस्कुलले सन् २००८ देखि नेपाल लगायत दक्षिण एशियामा चलचित्र सम्बन्धि तालिम र संस्थागत क्षमता विकासमा काम गर्दै आएको छ। तालिम लुम (नेपाल) को आर्थिक सहयोगमा आयोजना हुनेछ।

तालिममा सहभागि हुन पैसा तिर्नु पर्दैन। तालिम १५ जना को लागि खुला गरिएको छ । तालिमको अन्त्यमा दुईवटा चलचित्र परियोजना निर्माण हेतु लगानि गरिनेछ।

सहभागिता सम्बन्धि

  • तालिम रेडियो, टिभि, अनलाइन माध्यममा कम्तिमा १ बर्ष अनुभव भएको जो कसैलाई खुला छ। सामाजिक संस्थामा कार्यरत अभियानकर्ताका लागि पनि ठाउँ छुट्याइएको छ।
  • तालिमका लागि संस्थागत लगायत ब्यक्तिगत दुवै खाले आवेदन भर्न सकिन्छ।

कार्यक्रमका चरणहरु

तालिम तिन चरणमा आयोजना हुनेछ।

पहिलो चरण: ६० दिने आवासिय तालिम। (धुलिखेल वा उदयपुरमा आयोजना हुने)

दोस्रो चरण: ६० दिने On Site Consultation (यस्को लागि सहभागि आफ्नै कार्य थलो फर्किनु पर्नेहुन्छ।)

तेश्रो चरण: परियोजनामुखि १५ दिवसिय कार्यशाला गोष्ठि

चौथो चरण: तेश्रो चरणबाट चयन भएका परोयोजनाहरुले यस चरणमा चलचित्र निर्माणको लागि लगानि प्राप्त गर्नेछन्।

व्यक्तिगत आवेदनका लागि

  • आवेदन जुन महिनाको २५ तारिख भित्र पेश गरि सक्नु पर्नेछ।
  • आवेदन का लागि BIODATA संगै आवेदनको उदेश्यमा प्रकाश पार्ने पत्र पेश गर्नु पर्नेछ। साथै आवेदकले यस अघि आफ्नै नेतृत्वमा निर्माण गरेका भिडियो, फोटो सामाग्रिको इन्टरनेट लिङ्क उपलब्ध गराउनु पर्नेछ ।
  • आबेदक संग कम्तिमा 720p खिच्ने फोटो/भिडियो क्यामेरा, वा फोन साथै कम्प्युटर(ल्यापटप) हुनु अनिवार्य छ।

संस्थागत आवेदनका लागि

  • संस्थागत आवेदन रेडियो/ टिभि माध्यम, तथा सामाजिक मुद्दामा आवद्द संस्थाको लागि मात्र खुला छ ।
  • संस्थाले तालिम को दौरान र सो पश्चात भिडियो माध्यम निर्माण गर्ने प्रतिबद्धता गर्नु पर्नेछ।
  • संस्था सित भिडियो निर्माणका लागि आवस्यक सामान्य सामाग्रि, क्यामेरा, कम्युटर, सामाजिक सञ्जालमा खाता/ टिभि प्रसारण क्षमता आदि हुनु आवश्यक छ।

उपलब्ध हुने सहयोग

तालिमले चयन भएका सहभागिलाई कार्यक्रम अवधिबरिको लागि विभिन्न सहयोग दिनेछ:

  • आवासिय तालिमको लागि बासको व्यवस्था
  • तालिम थलो सम्म र तालिम को दौरान आवस्यक यात्रा सहयोग
  • तालिम को दौरान आफ्नो कार्य थलोमा फर्किएर सिमित परियोजनामा काम गर्न आर्थिक सहयोग
  • तालिम पश्चात चयन भएका परियोजनाहरुकालागि चलचित्र निर्माणको लागि केहि सहयोग
  • तालिमको दौरान सिक्ने सिकाउने उपकरण

आवेदन पठाउन माथि उल्लेखित कागजात एवं फोटो, भिडियो loom@loomnepal.org मा पठाउनु पर्नेछ। सहयोग चाहिएमा फोन गर्नुहोला।

थप जानकारिका लागि कार्यक्रम संयोजक रेणुका चौधरीलाई सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर: ९८६२-१९६५७७ वा डकस्कुलको कार्यलय फोन ०१-५३५१-७०९ मा सम्पर्क गर्न सकिन्छ।

फेसबुक पेज: https://fb.me/e/9mBsl0iEd

LOOM
Thapathali, Kathmandu
Nepal

015351709 , 015351335

P.O Box: 4648

Copyright © Loom | All Rights Reserved