शिवा महिलावादी इन्स्टिच्युट २०२३

“ शिवा ” लुमले अगाडी सारेको निश्चित अवधीको परियोजना हो । यसले ग्रामीण एवं अर्ध-सहरी क्षेत्रमा महिला समुहहरुको प्रतिनीधि रहेका सामुदायिक स्तरका महिला संस्थाहरुको रणनीति एवं युवा नेतृत्व विकासमा काम गर्दछ । यस परियोजनाले बहुपुस्तौनी सहकार्य अवधारणामा आधारित भई विभिन्न उमेर, वर्ग, जाती, समुदाय, भाषा, यौनिकता, लैंगिकता,  अपाङ्गता भएका समुहका  सदस्यहरु बिच स्रोत, शक्ति, अवसर र पुँजीको समान उपलब्धता बारे पैरवी गर्छ ।

यस परियोजनामा साझेदारी अन्तर्गत सहभागी आफूले गर्न चाहेको कार्यक्रम  निश्चित अवधि भित्र आफै योजना गरी सहभागीता मुलक विधीबाट कार्यन्वयन गर्नु पर्दछ । कार्ययोजना अनुसार समुदाय स्तरमा कार्यक्रम संचालन गर्नको लागि केहि बिउँपुजी रकम सहयोग उपलब्ध गर्नेछौ । सो वापत यहाँहरुले आफ्नो समुदायमा कार्यक्रम संचालन गर्नु पर्ने छ साथै अभियन्ताहरुले समुदाय स्तरमा संचालन गर्ने कार्यक्रमा आवश्यक प्राविधिक सहयोग,  पुनरताजगी साथै अनुगमन लुमले  गर्ने छ ।

आवेदनको अन्तिम मिति :- २०८० जेठ ३२  गते सम्मका लागि खुल्ला गरिएको छ ।

आफ्नो आवेदन फारम siwa@loomnepal.org मा पठाउनसक्नु हुनेछ|

सम्पर्क व्यक्ति :- सपना थापा (कार्यक्रम अधिकृत)

फोन नं:- ०१ -५३५१३३५

 https://taannepal.org.np/wp-content/uploads/2023/03/SIWA Brief.pdf

SIWA APPLICATION-FORM-2023

LOOM
Thapathali, Kathmandu
Nepal

015351709 , 015351335

P.O Box: 4648

Copyright © Loom | All Rights Reserved