SOGIESEC

सन् २०१० मा स्थापना भएको यस गैर-सरकारी संस्था तान नेपाल (LOOM) लैंगिकता र महिला अधिकारको विभिन्न सवालमा कार्यरत हुदैआएको छ । हाम्रो यस कामको दौरानमा “महिला” भनेर हामीले केबल हाम्रो समाजमा बुझने योनी भएका महिलाहरू मात्र बुझ्दैनौं । हाम्रो “महिला”को बुझाईमा पारलैङ्गिक महिला र अन्तर्लिङ्गी महिला समेत पर्दछन्। हामी “लैङ्गिकता”लाई पनि पुरुष र महिलाको दईु कोष्ठकमा बुझ्दैनौँ । “लैङ्गिकता”लाई हामी बिबिधतापुर्ण ढङ्गले र कुनै सीवमत संख्या वा कोष्ठकमा बाँधिएको रूपमा हेर्दैनौँ । त्यसै गरी महिलाहरूको यौनिकता पनि विविध हुन्छ र हामी विविध महिलाहरूको यौनिकता सम्बन्धी काम गछौँ । महिलाहरु पुरुष सँग मात्र होइन, अरु महिलाहरूसँग, वा महिला पुरुष दुबै सँग, वा जो कोहि मानिसहरुसँग आकर्षित हुन सक्छ वा नहुन पनि सक्छ भन्ने विविधता पूर्वक द्रिष्टिकोणले हेर्छौँ ।