लैंगिकता, प्रबिधि र यौनिकता -हाते पुस्तिका

के हि दशक यता इन्टरनेटले मानव जीवनमा ठूलो परिवर्तन ल्याएको छ । इन्टरनेट मार्फत् हामीले अझै धेरै स्वतन्त्रताको अनुभूती गर्न सके का छौं । हाम्रो अभिव्यक्ति गर्ने ठाउँ फराकिलो भएको छ । हामीले संसारका हरेक कु नामा रहेका व्यक्तिहरूसँग सञ्चार गर्नमिल्ने, सूचना आदानप्रदान गर्नमिल्ने भएको छ । अनुसन्धानका अनुसार इन्टरनेटले महिलालाई आत्मनिर्णयको स्वतन्त्रता प्रदान गरेको छ । सामाजिक सञ्जालमार्फत महिलाहरूले आफू लाई फरक ढङ्गबाट प्रस्तुत गर्न सक्ने भएका छन् । समाजले तोकिदिएको दायरालाई चिर्दै आफ्नो अभिव्यक्ति राख्न सक्ने भएका छन् । प्रेम सम्वन्धहरू बिस्तार गर्न सक्ने भएका छन् । विभिन्न विषय र सूचनामा पहुँच पुगेको छ । महिलाहरूका लागि इन्टरनेट आफ्नो यौनिकतामा रमाउने थलो पनि बनेको छ ।