CSE Report Nepali
‘नेपालमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाः डेस्क समिक्षा’, राईट हियर राईट नाउ नेपालको सहकार्यमा लूमका परामर्शदाता श्री शिवा कर्माचार्यले तयार पार्नु भएको हो । यो समिक्षा नेपालमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाको आवश्यकतालाई बोध गरी पाठ्यक्रम विकास केन्द्र तथा शैक्षिक क्षेत्रमा क्रियाशिल सरोकारवालाहरूलाई आगामी दिनमा विद्यालय बाहिर रहेका बालबालिकाका लागि बृहत यौनिकता शिक्षाको पाठ्यक्रम तथा तालिम सामग्री विकास गर्न सहज होस् भन्नेहेतुले तयार पारिएको हो । यस बृहत यौनिकता शिक्षामा हालसम्म विद्यालय भित्र र विद्यालय बाहिर भएका विभिन्न संघ संस्थाहरूको प्रयासलाई अध्ययन गरी समिक्षा गर्न खोजिएको छ ।
Skip to PDF content